अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपाली समुदायलाई दसैँको शुभकामना, बाढीपीडितप्रति जनाए ऐक्यबद्धता
|

अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपाली समुदायलाई दसैँको शुभकामना, बाढीपीडितप्रति जनाए ऐक्यबद्धता

काठमाडौँ | अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दसैँको अवसरमा अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना दिएका छन्। साथै नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीहरूप्रति दुःख व्यक्त गरेका छन्। उनले बाढीका कारण दुःख र कठिनाइ भोगिरहेका नेपालीप्रति ऐक्यबद्धता जनाउँदै यस कठिन समयमा उनीहरू एक्लो नरहेको बताएका छन्। उनले बाढीपीडितलाई सहयोग गर्ने व्यक्ति तथा परिवारहरूको पनि प्रशंसा गरेका…

बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी, ३५ घरटहरा र ६ पुल बगायो; १० बेपत्ता

बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी, ३५ घरटहरा र ६ पुल बगायो; १० बेपत्ता

काठमाडौँ | गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न बस्तीमा ठुलो क्षति पुर्‍याएको छ। चुमनुब्रीमा नदी थुनिएर बाँध फुट्दा आएको लेदोसहितको बाढीले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प, ३५ भन्दा बढी घरटहरा र आरुघाटको मुख्य पक्की पुलसहित ६ वटा पुलहरू बगाएको छ। बाढी पूर्वानुमान महाशाखाले समयमै लाख नागरिकलाई मोबाइलमार्फत पूर्वसूचना दिएकाले ठुलो मानवीय क्षति टरेको…

नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?
|

नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?

काठमाडौँ, नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो। मूल्य बढेसँगै आज सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको…

काठमाडौँका ६ स्थानमा आजदेखि ग्यास बिक्री र सिलिन्डर साटफेर हुने

काठमाडौँका ६ स्थानमा आजदेखि ग्यास बिक्री र सिलिन्डर साटफेर हुने

काठमाडौँ | काठमाडौँ उपत्यकामा ग्यासको अभाव कम गर्न आजदेखि ६ ठाउँमा ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्ने व्यवस्था गरिएको छ। यो व्यवस्था असोज २५ गतेदेखि ३१ गतेसम्म एक हप्ताका लागि सञ्चालन हुनेछ। ग्यास वितरण बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म हुनेछ। उपभोक्ताले तोकिएको स्थानमा गएर ग्यास किन्न तथा आफ्नो सिलिन्डर अर्को ब्रान्डको सिलिन्डरसँग साट्न सक्नेछन्।…

पशुपति शर्मा लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा निर्वाचित
|

पशुपति शर्मा लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा निर्वाचित

लोकदोहोरी गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। महोत्तरीको बर्दिबासमा भएको प्रतिष्ठानको नवौँ महाधिवेशनबाट शर्मा अध्यक्षमा चयन भएका हुन्। अध्यक्ष पदमा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। पशुपति शर्मा नेपाली लोकदोहोरी सङ्गीत क्षेत्रमा चर्चित गायक तथा सर्जक हुन्। उनले थुप्रै लोकप्रिय लोकदोहोरी गीत गाएका…

भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल
|

भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

काठमाडौं । भारतमा सम्भावित राजनीतिक उथलपुथलले नेपालको अर्थतन्त्र, व्यापार तथा आगामी चाडपर्वको बजार व्यवस्थापनमा असर पार्न सक्ने जेनजी अगुवा रवि किरण हमालले विश्लेषण गरेका छन्। भारतमा विकसित हुन सक्ने राजनीतिक तनावप्रति समयमै सचेत हुँदै नेपालले आर्थिक तथा आपूर्ति सुरक्षाको पूर्वतयारी गर्नुपर्ने उनको धारणा छ। भारतमा विद्यार्थी आन्दोलन, NEET परीक्षाको प्रश्नपत्र चुहावटसम्बन्धी विवाद, निर्वाचन प्रक्रियामाथि उठेका…

पृथ्वी राजमार्गको गलौंदीमा सडक भासिँदा आवागमन अवरुद्ध, खुल्न ८ घण्टा लाग्ने अनुमान

पृथ्वी राजमार्गको गलौंदीमा सडक भासिँदा आवागमन अवरुद्ध, खुल्न ८ घण्टा लाग्ने अनुमान

पृथ्वी राजमार्गअन्तर्गत गजुरी नजिक काठमाडौं जानेतर्फ गलौंदीमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ। त्रिशूली नदीले कटान गर्दा सडक भासिएको हो। सडकको भित्री भागमा रहेको स्थानीय सडक काटेर ब्याक कटिङ गर्नुपर्ने भए पनि स्थानीय निकायको अवरोधका कारण काम सुरु हुन सकेको थिएन। स्थानीय निकायसँग छलफल भएपछि अहिले ब्याक कटिङको काम सुरु गरिएको छ। अवस्था सामान्य रहेमा…

‘द भ्वाइस अफ नेपाल’ सिजन ८ आजदेखि सुरु हुँदै
|

‘द भ्वाइस अफ नेपाल’ सिजन ८ आजदेखि सुरु हुँदै

काठमाडौँ | गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आठौँ सिजन आजदेखि सुरु हुँदैछ। यस सिजनमा गायक प्रमोद खरेल, गायिका मिलन नेवार, गायक नरेन लिम्बु र एकदेव लिम्बु निर्णायकका रूपमा रहेका छन्। नेपालमा लोकप्रिय रहेको यस गायन प्रतियोगिताले नयाँ प्रतिभालाई आफ्नो गायन कला देखाउने अवसर प्रदान गर्दै आएको छ। ‘द भ्वाइस अफ नेपाल’ को…

गलौँदीमा सडक भासिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा बन्द
|

गलौँदीमा सडक भासिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा बन्द

शुक्रबार साँझ धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडकको ठूलो भाग भासिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड दुवैतर्फ ठप्प भएको छ।  सडकको बीच भागमै ठूला चिरा परेका कारण साना–ठूला सवारीसाधन र मोटरसाइकलसमेत चल्न सकेका छैनन्। दशैँको मुखमा मुख्य राजमार्ग नै बन्द हुँदा हजारौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्।  गल्छी नजिकै ग्यास बुलेट पल्टिएका कारण मर्मत टोली आउन पनि ढिलाइ…

दसैँ यात्रामा महिलालाई क्याबिन सिटमा रोक
|

दसैँ यात्रामा महिलालाई क्याबिन सिटमा रोक

काठमाडौँ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँको बेलामा महिलालाई चालकको छेउमा राखेको क्याबिन सिटको टिकट नदिन यातायात व्यवसायीलाई आग्रह गरेको छ। महिलालाई चालकको पछाडिको सिटमा बस्ने व्यवस्था गर्न भनिएको हो। महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार चालकको छेउमा महिला बस्दा चालकको ध्यान भङ्ग हुन सक्ने गुनासो आएको छ। यसले गर्दा लामो दुरीको यात्रामा दुर्घटना हुन सक्ने…