काठमाडौँ | गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आठौँ सिजन आजदेखि सुरु हुँदैछ। यस सिजनमा गायक प्रमोद खरेल, गायिका मिलन नेवार, गायक नरेन लिम्बु र एकदेव लिम्बु निर्णायकका रूपमा रहेका छन्।
नेपालमा लोकप्रिय रहेको यस गायन प्रतियोगिताले नयाँ प्रतिभालाई आफ्नो गायन कला देखाउने अवसर प्रदान गर्दै आएको छ।
‘द भ्वाइस अफ नेपाल’ को नयाँ सिजन हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुनेछ।
