फागु संस्कृति र पर्व
(कविता छन्द:शार्दूलविक्रीडित) हर्षोल्लास हुँदै गयो धरणमा छायो बसन्ती पननौलो रङ्ग भरेर शोभित भयो सर्वत्र पाखा बनहाँसेको छ समस्त जीवन यहाँ भर्दै नयाँ रोगनफक्रे फूल सबै सुवासित बनी भर्दै नयाँ यौवन॥१ चारैतर्फ छ नाच गान रसले लालित्यले घेरियोचोला मानवको विशिष्ट रङले सौन्दर्यले बेरियोमैत्री भाव बढेर गो सकलमा वैरी पना केरियोराधामा रमणी युवा सह्रृदयी श्री कृष्णमै फेरियो॥२…