महामन्त्री शर्माद्वारा केन्द्रलाई काठमाडौँको फुटपाथ विस्तारमा हस्तक्षेप नगर्न आग्रह
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौंका मेयर बालेन शाहलाई न्युरोडको फुटपाथ ठूलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरे। स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउँदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरे।
