शुक्रबार साँझ धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडकको ठूलो भाग भासिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड दुवैतर्फ ठप्प भएको छ।
सडकको बीच भागमै ठूला चिरा परेका कारण साना–ठूला सवारीसाधन र मोटरसाइकलसमेत चल्न सकेका छैनन्। दशैँको मुखमा मुख्य राजमार्ग नै बन्द हुँदा हजारौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
गल्छी नजिकै ग्यास बुलेट पल्टिएका कारण मर्मत टोली आउन पनि ढिलाइ भइरहेको छ र सडक कहिले खुल्छ भन्ने निश्चित छैन। त्यसैले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न वा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
