गोठाटार हत्या आरोपित गुड्डु पटेल प्रहरी इन्काउन्टरमा घाइते, काठमाडौंबाट पक्राउ

गोठाटार हत्या आरोपित गुड्डु पटेल प्रहरी इन्काउन्टरमा घाइते, काठमाडौंबाट पक्राउ

काठमाडौं १८ फागुन, काठमाडौंको टोखा नगरपालिका वडा १ स्थित झोरमा ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले गोली हानी आज पक्राउ गरेको छ। प्रहरीले गुड्डु पटेल काठमाडौंको झोर, टोखामा लुकेर बसेको सुराकि पाएका थिए। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भाग्ने प्रयास गर्दा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो। हरिवन–२, सर्लाहीका लाल मोहम्मदको…

त्रिपुरेश्वर महादेव शिवालय मन्दिरमा शिवरात्रि विशेष कार्यक्रमको आयोजना
|

त्रिपुरेश्वर महादेव शिवालय मन्दिरमा शिवरात्रि विशेष कार्यक्रमको आयोजना

बागलुङ, फागुन ११ – बागलुङ नगरपालिका–६ भान्समा अवस्थित त्रिपुरेश्वर महादेव शिवालय मन्दिरमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार फागुन १२, १३, र १४ गते विभिन्न धार्मिक अनुष्ठान तथा कार्यक्रम गरिनेछ। कार्यक्रम अन्तर्गत फागुन १२ गते नवग्रहसहित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गरिनेछ। फागुन १३ गते अतिथि तथा दानविरहरूलाई सम्मान गरिने कार्यक्रम…

समानुपातिक छनोटबाट खस आर्यलाई हटाउन माग

समानुपातिक छनोटबाट खस आर्यलाई हटाउन माग

ललितपुर, असोज १९, जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले वर्तमान संविधान अनुसार प्रतिनिधिसभामा महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, पिछडा वर्ग लगायत सामाजिक, आर्थिक, दृष्टिकोणले अति पछाडि परेका नागरिकका लागि पूरै देशलाई एउटै क्षेत्र मानेर समानुपातिक, समावेशी सहभागिता गर्न संविधानको धारा ४२ मा व्यवस्था गरिएकोमा उक्त धाराबाट खस आर्यलाई हटाएर पुनर्लेखन गर्न…

होस्टल व्यवसायी संघ भक्तपुरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

होस्टल व्यवसायी संघ भक्तपुरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

भक्तपुर, १७ असोज। होस्टल व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिले दशैं, तिहार, नेपाल संवत तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। संघले पाथीभरा एकेडेमी सृजनानगरमा होस्टल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष किरण शर्माको प्रमुख आतिथ्यतामा दशैं, तिहार, नेपाल संवत तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान गरेको हो। कार्यक्रममा संघका उपाध्यक्ष अनु सिटौलाले…

राप्रपा केन्द्रीय सदस्यको माग : प्रदेश अस्पतालको छानबिन गरौं 

राप्रपा केन्द्रीय सदस्यको माग : प्रदेश अस्पतालको छानबिन गरौं 

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले कर्णाली प्रदेश अस्पतालको छानबिन गर्न माग गरेका छन् । किरणले कर्णाली प्रदेश सरकारलाई संसदीय छानबिन समिति बनाएर अस्पतालमा भएको लापरबाही र अनियमितता छानबिन गर्न आग्रह गरेका छन्। कर्णाली प्रदेश अस्पतालमा २०८० चैत्र २९ गते भिमा गुरुङको सामान्य पेट दुखेर उपचार गर्न पुगेको केही समयमा मृत्यु…

काठमाडौँ महानगरपालिकाले डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ।

काठमाडौँ महानगरपालिकाले डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।  रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण…

सम्माननीय सभामुखसँग युएईका राजदूतको शिष्टाचार भेट
| |

सम्माननीय सभामुखसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, सम्माननीय सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गर्नुभएको हो । भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि ब्यक्त गर्नुभयो। उहाँले युएईले‍ स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र…

कान्तिपुर मिडिया ग्रुपका अध्यक्षको गिरफ्तारी: गृहमन्त्री लामिछानेको अनुरोध अस्वीकार गर्दा भएको दाबी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्षको गिरफ्तारी: गृहमन्त्री लामिछानेको अनुरोध अस्वीकार गर्दा भएको दाबी

काठमाडौं: कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको समाचार लुकाइदिनका लागि गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको दाबी गरेका छन्। सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले गरेको आग्रह नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक…

महामन्त्री शर्माद्वारा केन्द्रलाई काठमाडौँको फुटपाथ विस्तारमा हस्तक्षेप नगर्न आग्रह
|

महामन्त्री शर्माद्वारा केन्द्रलाई काठमाडौँको फुटपाथ विस्तारमा हस्तक्षेप नगर्न आग्रह

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौंका मेयर बालेन शाहलाई न्युरोडको फुटपाथ ठूलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरे। स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउँदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरे।

न्युरोडमा पार्किङ हटाएर फुटपाथ बनाउँदा सडक साँघुरो कसरी हुन्छ? मेयर बालेनको प्रश्न

न्युरोडमा पार्किङ हटाएर फुटपाथ बनाउँदा सडक साँघुरो कसरी हुन्छ? मेयर बालेनको प्रश्न

काठमाडौँ महानगरका मेयर बालेन शाहले न्युरोडलाई व्यवस्थित र सुन्दर बनाउनका लागि गरिएको प्रयासमा एकजुट हुन सबैलाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले न्युरोडमा फुटपाथ निर्माण गर्ने विषयमा सडक विभाग र स्थानीय बासिन्दाहरूले विरोध गरेकोमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले स्पष्ट पारेका छन् कि यसअघि सडकमा पार्किङ गर्दा सडक साँघुरो नहुने र अहिले फुटपाथ बनाउँदा…