पृथ्वी राजमार्गअन्तर्गत गजुरी नजिक काठमाडौं जानेतर्फ गलौंदीमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ।
त्रिशूली नदीले कटान गर्दा सडक भासिएको हो। सडकको भित्री भागमा रहेको स्थानीय सडक काटेर ब्याक कटिङ गर्नुपर्ने भए पनि स्थानीय निकायको अवरोधका कारण काम सुरु हुन सकेको थिएन।
स्थानीय निकायसँग छलफल भएपछि अहिले ब्याक कटिङको काम सुरु गरिएको छ। अवस्था सामान्य रहेमा करिब ८ घण्टाभित्र यातायात सञ्चालनमा आउने अनुमान गरिएको छ।
