सरस्वती क्याम्पसबाट सापकोटाको अध्यक्ष पदमा उम्मेदवारी
|

सरस्वती क्याम्पसबाट सापकोटाको अध्यक्ष पदमा उम्मेदवारी

काठमाडौं । चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा सरस्वती बहुमुखी क्याम्पसबाट केशब सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। सापकोटा हाल सरस्वती बहुमुखी क्याम्पस, अखिल (अनेरास्ववियु) कमिटीका अध्यक्ष समेत हुन्। उनी विद्यार्थीका हक-अधिकार सुनिश्चित गर्दै क्याम्पसभित्रका विकृति, विसंगतिहरू विरुद्ध लड्ने बताउँछन्।अनेरास्ववियु सरस्वती बहुमुखी क्याम्पस कमिटीका सहसचिव पदम थापाले जानकारी दिए अनुसार… स्ववियु निर्वाचन नजिकिँदै…

सम्बुद्ध एजुकेशनल एकेडेमीकी छात्रा सोनाली थापा प्रथम स्थानमा

सम्बुद्ध एजुकेशनल एकेडेमीकी छात्रा सोनाली थापा प्रथम स्थानमा

बाग्लुङ, गलकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित आघारभूत तह कक्षा (१-३) को पढाई मेला कार्यक्रममा सम्बुद्ध एजुकेशनल एकेडेमीकी छात्रा सोनाली थापा प्रथम स्थान हासिल गर्न सफल भएकी छिन्। गलकोट नगरपालिकामा अवस्थित सम्बुद्ध एजुकेशनल एकेडेमी कक्षा ३ मा अध्ययनरत छात्रा सोनालीले अंग्रेजी पढ़ाईतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरेकी हुन्।…

नेपाल फर्किए गिनिज वर्ल्ड रेकर्ड होल्डर फुटबल खेलाडी सजन डंगोल 
|

नेपाल फर्किए गिनिज वर्ल्ड रेकर्ड होल्डर फुटबल खेलाडी सजन डंगोल 

काठमाडौं, गिनिज वर्ल्ड रेकर्ड होल्डर नेपाली फुटबल खेलाडी सजन डंगोल बुधबार नेपाल फर्किएका छन्। उनी युनाइटेड किंगडमको बर्मिंघमबाट बुधबार साँझ काठमाडौं ओर्लिएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परिवार, शुभचिन्तक र खेलप्रेमीहरूले स्वागत गरेका थिए। सजन डंगोलले १६ फेब्रुअरी २०२४ मा एक घण्टामा एकान्तर खुट्टाले सबैभन्दा धेरै फुटबल किकअप बाउन्स गर्दै ९,२१८ पटक बल छोएर गिनिज…

गोठाटार हत्या आरोपित गुड्डु पटेल प्रहरी इन्काउन्टरमा घाइते, काठमाडौंबाट पक्राउ

गोठाटार हत्या आरोपित गुड्डु पटेल प्रहरी इन्काउन्टरमा घाइते, काठमाडौंबाट पक्राउ

काठमाडौं १८ फागुन, काठमाडौंको टोखा नगरपालिका वडा १ स्थित झोरमा ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले गोली हानी आज पक्राउ गरेको छ। प्रहरीले गुड्डु पटेल काठमाडौंको झोर, टोखामा लुकेर बसेको सुराकि पाएका थिए। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भाग्ने प्रयास गर्दा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो। हरिवन–२, सर्लाहीका लाल मोहम्मदको…

सुनखानीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न (भडियो सहित)

सुनखानीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न (भडियो सहित)

शिवपुरी (नुवाकोट) / सुनखानीस्थित समुत्थानशील बस्ती प्रा. लि. र टेकु, काठमाडौंको नमस्ते आई सेन्टरको संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। स्थानीय ओख्रेनी, सुनखानीमा सम्पन्न शिविरमा सेवाका अध्यक्ष तथा नेत्र अनुसन्धानविद् सिद्धार्थ रञ्जितलाई दोसल्ला ओढाएर सम्मान गरियो। शिवपुरी गाउँपालिका-७ का वडाध्यक्ष वीर बहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक शिशिर योगीले गीत गाउनुभएको…

शिवपुरीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, विशेषज्ञलाई सम्मान

शिवपुरीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, विशेषज्ञलाई सम्मान

शिवपुरी (नुवाकोट) / युवा नेत्र सेवा र समुत्थानशील बस्ती प्रा.लि.को संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। स्थानीय ओख्रेनी, सुनखानीमा सम्पन्न शिविरमा सेवाका अध्यक्ष तथा नेत्र अनुसन्धानविद् सिद्धार्थ रञ्जितलाई दोसल्ला ओढाएर सम्मान गरियो। शिवपुरी गाउँपालिका–७ का वडा अध्यक्ष वीर बहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक शिशिर योगीले गीत प्रस्तुत गर्नुभएको थियो। बस्तीका…

त्रिपुरेश्वर महादेव शिवालय मन्दिरमा शिवरात्रि विशेष कार्यक्रमको आयोजना
|

त्रिपुरेश्वर महादेव शिवालय मन्दिरमा शिवरात्रि विशेष कार्यक्रमको आयोजना

बागलुङ, फागुन ११ – बागलुङ नगरपालिका–६ भान्समा अवस्थित त्रिपुरेश्वर महादेव शिवालय मन्दिरमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार फागुन १२, १३, र १४ गते विभिन्न धार्मिक अनुष्ठान तथा कार्यक्रम गरिनेछ। कार्यक्रम अन्तर्गत फागुन १२ गते नवग्रहसहित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गरिनेछ। फागुन १३ गते अतिथि तथा दानविरहरूलाई सम्मान गरिने कार्यक्रम…

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ को कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार उम्मेदवार दर्तादेखि मतदानसम्मका सबै प्रक्रिया तोकिएको मितिभित्र सम्पन्न गरिनेछ। निर्वाचन कार्यतालिका: त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरूमा यो कार्यतालिका लागू हुनेछ। निर्वाचन समितिले निष्पक्ष र मर्यादित वातावरणमा चुनाव सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ। (तपाईंको क्याम्पसमा निर्वाचन तयारी कस्तो छ? तल टिप्पणीमा…

चर्चित लेखक सुविन भट्टराईसँग पुस्तक चर्चा: न्युरोड बुकस्टोरमा विशेष कार्यक्रम

चर्चित लेखक सुविन भट्टराईसँग पुस्तक चर्चा: न्युरोड बुकस्टोरमा विशेष कार्यक्रम

काठमाडौं – चर्चित लेखक सुविन भट्टराई फागुन १० गते न्युरोड बुकस्टोरमा हुने पुस्तक समीक्षात्मक कार्यक्रममा सहभागी हुने भएका छन्। उक्त कार्यक्रम दिउँसो ठीक २ बजे सुरु हुनेछ। सुविन भट्टराई नेपाली साहित्यमा युवामाझ अत्यन्त लोकप्रिय लेखक हुन्। उनका ‘कथाकी पात्र’, ‘समरलभ’, ‘साया’, ‘मनसुन’, र ‘इजोरिया’ जस्ता कृतिहरू चर्चित छन्। यस पटकको कार्यक्रममा उनका पुस्तकहरूमाथि समीक्षात्मक छलफल…

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ सार्वजनिक हुँदै

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ सार्वजनिक हुँदै

काठमाडौं। प्रथम महिला राधिका शाक्यको आत्मकथा “करुणा” को लोकार्पण समारोह आगामी फागुन १० गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आयोजना हुने भएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्। दिउँसो १२:३० बजे सुरु हुने सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, चर्चित साहित्यकार अमर न्यौपाने र प्रख्यात गायिका तथा समाजसेवी आनी छोइङ…