काठमाडौं । ‘Mastering AI with Effective Prompt Engineering’ विषयक निःशुल्क अनलाइन तालिमका लागि आवेदन फाराम पुनः खुला गरिएको छ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले प्राविधिक समस्याका कारण अवरुद्ध भएको आवेदन फाराम सोमबार, कात्तिक १६ गतेदेखि आधिकारिक वेबसाइटमार्फत पुनः उपलब्ध गराएको हो।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिले कात्तिक १७ गते मंगलबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिष्ठानका अनुसार पहिलो चरणमा सफलतापूर्वक आवेदन दिइसकेका आवेदकले पुनः आवेदन दिनुपर्ने छैन। उनीहरूको विवरण सुरक्षित रहेको जनाइएको छ। साथै, एक व्यक्तिले एक पटक मात्र आवेदन दिन आग्रह गरिएको छ।
यो तालिम पूर्ण रूपमा निःशुल्क रहेको प्रतिष्ठानले जनाएको छ। आवेदन प्रक्रियामा देखिएको समस्याप्रति युवाहरूले देखाएको उत्साह र धैर्यताका लागि प्रतिष्ठानले धन्यवादसमेत व्यक्त गरेको छ।
