काठमाडौँ, २ कात्तिक : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएको छ ।जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठ छातीमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको उहाँको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उहाँको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ । श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा जानुभएको थियो ।
Similar Posts
स्वतन्त्र विद्यार्थी युनियन गल्कोट बहुमुखी क्याम्पसद्वारा जाजरकोटमा भुकम्प पिडितलाई सहयोग
लोकेन्द्र गैरेको अध्यक्षतामा रहेको स्वतन्त्र विद्यार्थी युनियन गल्कोट बहुमुखी क्याम्पसद्वारा जाजरकोटमा भुकम्प पिडितहरुका लागि सहायता सामाग्री बितरणका लागि आज जाजरकोटको यात्रामा अगाडि बढेको छ । स्ववियु अध्यक्ष लोकेन्द्र गैरे तथा कोषाध्यक्ष गणेश सापकोटा जाजरकोट नलगाड नगरपालिका स्थित जुरेलि भन्ने बस्तिमा रहेका करिव ८० भुकम्प प्रभावित घरधुरीका लागि चामल, तेल नुन साथै विद्यार्थी हरुका लागि कपि…
समानुपातिक छनोटबाट खस आर्यलाई हटाउन माग
ललितपुर, असोज १९, जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले वर्तमान संविधान अनुसार प्रतिनिधिसभामा महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, पिछडा वर्ग लगायत सामाजिक, आर्थिक, दृष्टिकोणले अति पछाडि परेका नागरिकका लागि पूरै देशलाई एउटै क्षेत्र मानेर समानुपातिक, समावेशी सहभागिता गर्न संविधानको धारा ४२ मा व्यवस्था गरिएकोमा उक्त धाराबाट खस आर्यलाई हटाएर पुनर्लेखन गर्न…
आज कात्तिक १६ देखि माघ १५ सम्म सरकारी कार्यालय ४ बजे नै बन्द हुने।
काठमाडौँ, १६ कात्तिक: आज बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ। १६ गतेदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ। यसै अनुसार आज बिहिवार देखि विहान १० बजे खुल्ने सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुने छ। अन्य समय भने ५ बजेसम्म नै…
आगामी निर्वाचनमा गठबन्धन गर्न सकिँदैन:महामन्त्री गगन थापा
काठमाडौं, २ कार्तिक, आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंद्वारा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ८४ को निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेस गठबन्धन गरेर गए पार्टी एक नरहने थापाले बताएका हुन्। निर्वाचनपछि गठबन्धन गर्न सकिने र सरकार चलाउन…
काठमाडौँ महानगरपालिकाले डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् । रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण…
गोठाटार हत्या आरोपित गुड्डु पटेल प्रहरी इन्काउन्टरमा घाइते, काठमाडौंबाट पक्राउ
काठमाडौं १८ फागुन, काठमाडौंको टोखा नगरपालिका वडा १ स्थित झोरमा ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले गोली हानी आज पक्राउ गरेको छ। प्रहरीले गुड्डु पटेल काठमाडौंको झोर, टोखामा लुकेर बसेको सुराकि पाएका थिए। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भाग्ने प्रयास गर्दा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो। हरिवन–२, सर्लाहीका लाल मोहम्मदको…
