काठमाडौं, २ कार्तिक, आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंद्वारा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ८४ को निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेस गठबन्धन गरेर गए पार्टी एक नरहने थापाले बताएका हुन्। निर्वाचनपछि गठबन्धन गर्न सकिने र सरकार चलाउन गठबन्धनमा रहेका मध्ये एकलाई निश्चित समय एक्लै चलाउन दिनुपर्ने थापाले धारणा राखे। निर्वाचनअघि गठबन्धन गरेर जानु सैद्धान्तिक रुपमा नै गलत भएको उनले बताए। गठबन्धनमा रहेपछि संयुक्त नीति तथा कार्यक्रमका आधारमा सरकार चल्नुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे। थापाले गठबन्धनमा रहेकै कारण सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउन बिदा दिने कुरा कांग्रेसले स्वीकार गर्न नसक्ने बताए। त्यस्तै उनले उनले कोशी प्रदेशको राजनीतिक परिघटनापछि बागमती प्रदेशमा पनि सरकार फेर्नुपर्ने र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै सांसदहरू आफूलाई भेट्न आएको बताए।
Similar Posts
आज कात्तिक १६ देखि माघ १५ सम्म सरकारी कार्यालय ४ बजे नै बन्द हुने।
काठमाडौँ, १६ कात्तिक: आज बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ। १६ गतेदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ। यसै अनुसार आज बिहिवार देखि विहान १० बजे खुल्ने सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुने छ। अन्य समय भने ५ बजेसम्म नै…
न्युरोडमा पार्किङ हटाएर फुटपाथ बनाउँदा सडक साँघुरो कसरी हुन्छ? मेयर बालेनको प्रश्न
काठमाडौँ महानगरका मेयर बालेन शाहले न्युरोडलाई व्यवस्थित र सुन्दर बनाउनका लागि गरिएको प्रयासमा एकजुट हुन सबैलाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले न्युरोडमा फुटपाथ निर्माण गर्ने विषयमा सडक विभाग र स्थानीय बासिन्दाहरूले विरोध गरेकोमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले स्पष्ट पारेका छन् कि यसअघि सडकमा पार्किङ गर्दा सडक साँघुरो नहुने र अहिले फुटपाथ बनाउँदा…
सुनको मूल्यमा उच्च अङ्कले वृद्धि
काठमाडौँ, ३ कात्तिक, विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ ।इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम रु ९६ हजार आठ सय ८० रहेको सुनको मूल्य साताको…
त्रिपुरेश्वर महादेव शिवालय मन्दिरमा शिवरात्रि विशेष कार्यक्रमको आयोजना
बागलुङ, फागुन ११ – बागलुङ नगरपालिका–६ भान्समा अवस्थित त्रिपुरेश्वर महादेव शिवालय मन्दिरमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार फागुन १२, १३, र १४ गते विभिन्न धार्मिक अनुष्ठान तथा कार्यक्रम गरिनेछ। कार्यक्रम अन्तर्गत फागुन १२ गते नवग्रहसहित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गरिनेछ। फागुन १३ गते अतिथि तथा दानविरहरूलाई सम्मान गरिने कार्यक्रम…
सन्दीप लामिछानेको अमेरिकी भिसा प्रक्रिया अघि बढ्दै, आज अन्तर्वार्ता
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ। त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ। विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ। भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ…
कान्तिपुर मिडिया ग्रुपका अध्यक्षको गिरफ्तारी: गृहमन्त्री लामिछानेको अनुरोध अस्वीकार गर्दा भएको दाबी
काठमाडौं: कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको समाचार लुकाइदिनका लागि गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको दाबी गरेका छन्। सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले गरेको आग्रह नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक…
