काठमाडौं, २ कार्तिक, आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंद्वारा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ८४ को निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेस गठबन्धन गरेर गए पार्टी एक नरहने थापाले बताएका हुन्। निर्वाचनपछि गठबन्धन गर्न सकिने र सरकार चलाउन गठबन्धनमा रहेका मध्ये एकलाई निश्चित समय एक्लै चलाउन दिनुपर्ने थापाले धारणा राखे। निर्वाचनअघि गठबन्धन गरेर जानु सैद्धान्तिक रुपमा नै गलत भएको उनले बताए। गठबन्धनमा रहेपछि संयुक्त नीति तथा कार्यक्रमका आधारमा सरकार चल्नुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे। थापाले गठबन्धनमा रहेकै कारण सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउन बिदा दिने कुरा कांग्रेसले स्वीकार गर्न नसक्ने बताए। त्यस्तै उनले उनले कोशी प्रदेशको राजनीतिक परिघटनापछि बागमती प्रदेशमा पनि सरकार फेर्नुपर्ने र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै सांसदहरू आफूलाई भेट्न आएको बताए।
Similar Posts
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त
काठमाडौँ, ३ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन्। यसअघि डा सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको…
गोठाटार हत्या आरोपित गुड्डु पटेल प्रहरी इन्काउन्टरमा घाइते, काठमाडौंबाट पक्राउ
काठमाडौं १८ फागुन, काठमाडौंको टोखा नगरपालिका वडा १ स्थित झोरमा ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले गोली हानी आज पक्राउ गरेको छ। प्रहरीले गुड्डु पटेल काठमाडौंको झोर, टोखामा लुकेर बसेको सुराकि पाएका थिए। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भाग्ने प्रयास गर्दा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो। हरिवन–२, सर्लाहीका लाल मोहम्मदको…
राप्रपा केन्द्रीय सदस्यको माग : प्रदेश अस्पतालको छानबिन गरौं
सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले कर्णाली प्रदेश अस्पतालको छानबिन गर्न माग गरेका छन् । किरणले कर्णाली प्रदेश सरकारलाई संसदीय छानबिन समिति बनाएर अस्पतालमा भएको लापरबाही र अनियमितता छानबिन गर्न आग्रह गरेका छन्। कर्णाली प्रदेश अस्पतालमा २०८० चैत्र २९ गते भिमा गुरुङको सामान्य पेट दुखेर उपचार गर्न पुगेको केही समयमा मृत्यु…
होस्टल व्यवसायी संघ भक्तपुरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम
भक्तपुर, १७ असोज। होस्टल व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिले दशैं, तिहार, नेपाल संवत तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। संघले पाथीभरा एकेडेमी सृजनानगरमा होस्टल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष किरण शर्माको प्रमुख आतिथ्यतामा दशैं, तिहार, नेपाल संवत तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान गरेको हो। कार्यक्रममा संघका उपाध्यक्ष अनु सिटौलाले…
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गर्नुभएको हो । त्यस क्रममा बोल्दै उहाँले भन्नुभयो, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना विगार्नु हुँदैन ।’…
बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग
गलकोट (बागलुङ), २१ कात्तिक: शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका…
