काठमाडौँ, १६ कात्तिक: आज बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ। १६ गतेदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ। यसै अनुसार आज बिहिवार देखि विहान १० बजे खुल्ने सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुने छ। अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन्।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ। अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ।