X pose Nepal Cycle Rally

काठमाडौं, १४ जेठ । अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मे २८ का दिन एक्स-पोज नेपालले साइकल र्‍याली गर्ने भएकाे छ ।

महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेको गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेका वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्‍याली गर्न लागेको हो ।

नेपालकै प्याडम्यान भनेर चिनिने एक्स-पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष चार सयले महिनावारी स्वच्छता सम्बन्धि नारा बोकेर साइकल र्‍याली गरिएको बताउँदै यस वर्ष त्यो भन्दा बढी साइकल र्‍यालीमा सहभागी हुने बताउनुभयो ।

उहाँले यस वर्षको नारा ” महिनावारीमैत्री विश्वव्यापी हातेमालो ” रहेको बताउँदै काठमाडौं, भक्तपुर र ललितपुरबाट साइकल र्‍यालीका सहभागीहरू जम्माहुने बताउनुभयो । साइकल र्‍यालीका सहभागीहरूका लागि एक्स-पोज नेपालले टि सर्ट र खाना उपलव्ध गराउने अध्यक्ष महर्जनले बताउनुभयो ।

साइकल र्‍याली बसन्तपुर दरवार स्क्वायर, न्युरोड, भोटाहिटी, दरवार मार्ग, जयनेपाल हल, पुतली सडक, अनामनगर, हनुमान मन्दिर, बिजुली बजार, मण्डला, थापाथली, पुल्चोक हुँदै मंगलबजार पुगेर कार्यक्रममा परिणत हुने जनाइएको छ ।

कार्यक्रमका लागि युनिसेफ, प्लान इन्टरनेशनल नेपाल, जिआइजेड, एसएनभी र वेल्ट हङ्गर  हेल्फ(डब्लुएचएच)को सहयोग रहेको एक्स-पोज नेपालका अध्यक्ष महर्जनले बताउनुभयो ।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *