काठमाडौँ महानगरका मेयर बालेन शाहले न्युरोडलाई व्यवस्थित र सुन्दर बनाउनका लागि गरिएको प्रयासमा एकजुट हुन सबैलाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले न्युरोडमा फुटपाथ निर्माण गर्ने विषयमा सडक विभाग र स्थानीय बासिन्दाहरूले विरोध गरेकोमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उनले स्पष्ट पारेका छन् कि यसअघि सडकमा पार्किङ गर्दा सडक साँघुरो नहुने र अहिले फुटपाथ बनाउँदा कसरी सडक साँघुरो हुन्छ भनेर प्रश्न गरेका छन्। उनले भनेका छन्:

“एउटा रोचक कुरा पढ्नु हुन्छ?

न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्। सोच्नुहोस् त, सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने, तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्न साँघुरो हुने कसरी हुन्छ?”

सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा पाँच लाख मानिस हिँड्ने सडकमा कत्रो फुटपाथ चाहिन्छ भन्ने मापदण्डको पालना गर्नका लागि फुटपाथ निर्माण गरिरहेको कुरा पनि उनले बताए। 

“त्यस मापदण्डलाई पालन गरेर बनाइएको हो कि होइन भन्ने सोध्नुहोला। प्रतिशोध लिनु पर्ने भए विकास रोक्नेहरूसँग लिनु पर्छ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिनु पर्छ। फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिनु पर्छ। विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ।”

मेयर शाहको यस अपिलले न्युरोडलाई व्यवस्थित र सुन्दर बनाउने अभियानमा सबैलाई एकताबद्ध गराउने उद्देश्य राखेको छ।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *