friend you are mine

साथी कस्तो हुनु पर्छ तिमीसँग सिकेँ मैले

साथीमा हुनुपर्ने सबै गुण तिमीसँग पाएँ मैले

तिम्रो साथले मेरो जीवन अर्थपूर्ण बनाएका छौ

साँच्चै तिमी मेरो लागि विशेष छौ

मेरा हरेक गुण अवगुण स्विकारेकी छौ

मेरा हरेक राम्रा नराम्रा पक्षको साक्षी हुन पुगेकी छौ

मेरा हरेक दुःखसुखमा साथी भएकी छौ

मेरा कैयौँ अभावको साथी बनेकी छौ

थाहा छैन मित्रतामा कटुता आएको

थाहा छैन मित्रतामा द्वेष आएको

तिम्रो साथले सरल बनाइदिन्छ मेरा कठिनाइहरू

तिम्रो भरोसाले सहज बनाइदिन्छ मेरा बाधाहरू

तिमी हुँदा नै म निर्धक्क हुन्छु

तिमी हुँदा नै म गर्वको महसुस गर्छु

त्यसैले त विशेष छौ मेरो लागि तिमी

त्यसैले त अनमोल छौ मेरो लागि तिमी

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *