(कविता छन्द:शार्दूलविक्रीडित)
हर्षोल्लास हुँदै गयो धरणमा छायो बसन्ती पन
नौलो रङ्ग भरेर शोभित भयो सर्वत्र पाखा बन
हाँसेको छ समस्त जीवन यहाँ भर्दै नयाँ रोगन
फक्रे फूल सबै सुवासित बनी भर्दै नयाँ यौवन॥१
चारैतर्फ छ नाच गान रसले लालित्यले घेरियो
चोला मानवको विशिष्ट रङले सौन्दर्यले बेरियो
मैत्री भाव बढेर गो सकलमा वैरी पना केरियो
राधामा रमणी युवा सह्रृदयी श्री कृष्णमै फेरियो॥२
जो संस्कार छ यो सनातन ठुलो भुल्दैन रे लोकले
हाम्रो संस्कृति धर्म लाग्दछ यहाँ उम्दा सबै थोकले
मान्छेको अनमोल जीवन खुदै झाँगिन्छ यो कर्मले
भासिन्छन् नर तुच्छ खाडलविषे छोडेर बाटो चले॥३
धर्तीमा अघि दक्षले भुल गरी निन्दा गरे शम्भुको
आगोमाथि सती समाधिलिनुभो वाणी बिझाई रुखो
त्यो देखी कन दूतले बध गरी होमी दिए टाउको
आत्मा शान्ति गरेर देव गणले बर्सा गरे फागुको॥४
पृथ्वीको सब भारहर्न नरमा श्री राम पैदा भए
बाबाको वर पूर्ण गर्न बनमा निर्भीक बन्दै गए
मारे दानव दुष्ट रावण जिती उद्धार भारी गरेफर्केसाथ रमा र लक्ष्मण लिई होली सबैले छरे॥५
छोरा कश्यपको हिरण्य बहुतै उन्मत्त बन्दै गयो
भो प्रह्लाद भनेर भक्त हरिको मार्ने इरादा भयो
आगोमा खल होलिकासित सगै हाल्यो पठायो जबबोकी अग्निविषे पसी खल मरी प्रह्लाद बाँचे तब॥६
त्यो देखी दुनियाँ अचम्मित हुँदै सर्वत्र चर्चा गरे
होली मान्न भनेर रङ्ग बहुतै ल्याएर बर्सा गरे
मानी उत्सव सानको विजयको सानन्दमा ती परेचारैतर्फ सु-शान्तिको लहर नै फैलेर आयो भरे॥७
यस्तै कंस बनेर क्रुद्ध पुतना लाई खटाई दिँदा
मार्नै कृष्णकनै विषाक्त दुधकोमुन्टो चुसाईदिँदा
ताने प्राण कुरा बुझेर हरिले भै मुक्त चोला गयोहर्षोल्लास गरेर लोक भरमा यो पर्व होली भयो॥८
होली पर्व सदा महा विजयको संस्कारले जोडियो
जन्मेका जति दुष्ट दैत्यहरुको सेखी सबै तोडियो
सच्चा कर्म गरेर हिड्न नरको बाटो सुनौलो लियोखेल्नै फागु भनेर संस्कृति तथा सद्भावना झाँगियो॥९