काठमाडौं । चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा सरस्वती बहुमुखी क्याम्पसबाट केशब सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। सापकोटा हाल सरस्वती बहुमुखी क्याम्पस, अखिल (अनेरास्ववियु) कमिटीका अध्यक्ष समेत हुन्।
उनी विद्यार्थीका हक-अधिकार सुनिश्चित गर्दै क्याम्पसभित्रका विकृति, विसंगतिहरू विरुद्ध लड्ने बताउँछन्।अनेरास्ववियु सरस्वती बहुमुखी क्याम्पस कमिटीका सहसचिव पदम थापाले जानकारी दिए अनुसार…
स्ववियु निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरू सक्रिय बन्दै गएकाले यो निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।