RPP Central Member Calls for Investigation into Provincial Hospital

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले कर्णाली प्रदेश अस्पतालको छानबिन गर्न माग गरेका छन् ।

किरणले कर्णाली प्रदेश सरकारलाई संसदीय छानबिन समिति बनाएर अस्पतालमा भएको लापरबाही र अनियमितता छानबिन गर्न आग्रह गरेका छन्।

कर्णाली प्रदेश अस्पतालमा २०८० चैत्र २९ गते भिमा गुरुङको सामान्य पेट दुखेर उपचार गर्न पुगेको केही समयमा मृत्यु भएको घटना, २०८१ श्वावन २५, शुक्रबार  अभिलाषा जिसी 

पिसाब परीक्षणको नमुना दिँदा दिसाको समेत रिपोर्ट दिएको घटना र हालसालै असोज ७ गते 

शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको घटना बारम्बार दोहरिनु निकै गम्भीर र संवेदनशिल विषय भएको किरणले दाबी गरेका छन्।

प्रदेश अस्पतालमा गएका बिरामीलाई सिधै नीजि अस्पताल जाउ भनेर पठाउने काम दिनहुँ भैरहेको र  प्रदेश अस्पतालका मेसु देखी सिनियर डाक्टरले आआफ्ना नीजि क्लिनिक/अस्पताल खोलेका कारण जनताको अस्पताल अस्तव्यस्त बनाउने षडयन्त्र रहेको उल्लेख गरेका छन्।

नीजि क्लिनिक खोल्न पाउनु उहाँहरुको अधिकार भएपनि सार्वजनिक संस्थालाई बद्नाम, अविश्वसनीय र अस्तव्यस्त बनाएर आफ्ना नीजि अस्पताललाई सिन्डिकेट जस्तो गरि स्थापित गर्ने कुरा कर्णालीका जनताले अब सहेर नबस्ने भन्दै चेतावनी समेत दिएका छन् ।

उनले लेखेका छन् “जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने मौलिक हक हो, त्यसको प्रत्याभूति हुनुपर्छ र मौलिक हक कार्यान्वयन गर्नु सरकारको प्रमुख दायित्व हो। मौलिक हक कार्यान्वयनमा अवरोध गर्नेलाई कानुनी कठघरामा उभ्याएर छोड्नुपर्छ।”

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *