The special significance of Bhai Tika is linked to the story of Yamraj and Yamuna.

काठमाडौँ | आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीका। भाइटीका तिहारको सबैभन्दा विशेष र अन्तिम दिन हो जसमा दिदीबहिनी र दाजुभाइले एकअर्कालाई टीका लगाएर आफ्नो माया साटासाट गर्छन्। यो पर्व हरेक वर्ष कार्तिक महिनामा तिहारको पाँचौँ दिन (कार्तिक शुक्ल द्वितीया) मा पर्छ। यस दिन दिदीबहिनीले दाजुभाइको लामो आयु र राम्रो स्वास्थ्यको कामना गर्ने गर्छन्। दाजुभाइले पनि आफ्नो दिदीबहिनीलाई सधैँ साथ र रक्षा गर्ने वाचा गर्छन्।

यस पर्वको सुरुवात पौराणिक कालमा यमराज (मृत्युका देवता) र उनकी बहिनी यमुनाको कथासँग जोडिएको छ। धेरै समयपछि दाजु यमराज आफ्नो बहिनीलाई भेट्न आउँदा बहिनी यमुनाले खुसी भएर निधारमा सात रङको टीका र गलामा मखमली माला लगाइदिएकी थिइन्। बहिनीको माया देखेर यमराज निकै खुसी भए र आजको दिन जसले बहिनीको हातबाट टीका लगाउँछ उसको आयु लामो हुनेछ भन्ने वरदान दिए। त्यही दिनदेखि नै दाजुभाइको सुख र लामो आयुको लागि भाइटीका मनाउन थालियो।

भाइटीका लगाउने तरिका एकदमै रमाइलो छ। टीका लगाउनु भन्दा पहिले ढोकामा ओखर फुटाइन्छ, जसलाई शत्रुको नाश गरेको मानिन्छ। त्यसपछि दाजुभाइको रक्षाको लागि भनेर ओरिपरि तेल र पानीको घेरा हालिन्छ र कहिल्यै नओइलाउने मखमली तथा सप्तरङ्गी फूलको माला लगाइदिएर निधारमा सप्तरङ्गी टीका लगाइदिइन्छ। टीका लगाएपछि दिदीबहिनीले काजु, बदाम जस्ता मिठाई ‘भाइ मसला’ दिन्छन् र दाजुभाइले दिदीबहिनीलाई ढोगेर आफ्नो क्षमता अनुसार पैसा वा राम्रो उपहार दिने गर्छन्।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *