Tripureshwar Mahadev Shivalaya Temple

बागलुङ, फागुन ११ – बागलुङ नगरपालिका–६ भान्समा अवस्थित त्रिपुरेश्वर महादेव शिवालय मन्दिरमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार फागुन १२, १३, र १४ गते विभिन्न धार्मिक अनुष्ठान तथा कार्यक्रम गरिनेछ।

कार्यक्रम अन्तर्गत फागुन १२ गते नवग्रहसहित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गरिनेछ। फागुन १३ गते अतिथि तथा दानविरहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ। फागुन १४ गते महाशिवरात्रि विशेष कार्यक्रमका साथसाथै १०८ शिवलिङ्ग परिक्रमा, भजन कृतन साथै लक्ष्यवर्ती प्रज्वलन कार्यक्रम गरिनेछ।

मन्दिर व्यवस्थापन समितिले सबै श्रद्धालु भक्तजनलाई उपस्थित हुन अनुरोध गर्दै शिवलिङ्ग निर्माणका लागि इच्छुक भक्तजनले रु. १५,५५५ दान गरेर आफ्नो नाममा शिवलिङ्ग सुरक्षित गर्न सक्ने जानकारी दिएको छ।

यस धार्मिक कार्यक्रममा उपस्थितिका लागि बागलुङ र आसपासका भक्तजनलाई सादर निमन्त्रणा गरिएको छ।

स्थान: त्रिपुरेश्वर महादेव शिवालय मन्दिर, बागलुङ–६, भान्स

समय: बिहान १० बजेबाट

सम्पर्क: ९८६७६९४५०७१, ९८४७६५३४९४

नारायण प्रसाद सापकोटा, अध्यक्ष 

गकुल सापकोटा, सचिव

दिपक के. सि, समाजसेवी

Tripureshwar Mahadev Shivalaya Temple

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *