Rama Ekadashi

काठमाडौँ। आज (बिहीबार) कार्तिक १९ गते रमा एकादशी मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक महिनाको कृष्ण पक्षको एकादशी तिथिमा यो रमा एकादशी मनाउने गरिन्छ। यस दिनलाई धार्मिक रूपमा विशेष महत्वका साथ लिइने गरिन्छ। यस दिन विष्णु भगवानको पूजा आराधना गरिन्छ। माता लक्ष्मीको अर्को नाम (रमा) भएकोले यस एकादशीलाई रमा एकादशी भनिएको भन्ने धार्मिक विश्वास पनि रहेको छ। यस दिन भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्दा घरपरिवारमा सुख शान्ति प्राप्त हुने विश्वास गरिन्छ।

रमा एकादशीका दिन बिहान सबेरै उठेर स्नान गरी सफा कपडा लगाउने र भगवान विष्णुको पूजा गर्ने चलन रहेको छ। यस दिन पूजामा फल, फूल, धूप अक्षता र तुलसीपत्र चढाइन्छ। धेरै भक्तजनहरूले व्रत बस्ने, भगवान विष्णुको नाम जप्ने, भजनकीर्तन गर्ने र दान पनि गर्ने गर्छन्।

धार्मिक विश्वास अनुसार रमा एकादशीको व्रत र पूजा गर्ने मानिसको पाप तथा नकारात्मक कर्मबाट मुक्ति मिल्ने र जीवनमा सकारात्मकता आउने गर्दछ। भगवान विष्णुको आराधनाले शान्ति भक्तिभाव बढ्ने कुराको पनि विश्वास राखिन्छ।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *