काठमाडौँ, २ कात्तिक : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएको छ ।जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठ छातीमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको उहाँको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उहाँको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ । श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा जानुभएको थियो ।
Similar Posts
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त
काठमाडौँ, ३ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन्। यसअघि डा सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको…
भारतीय वायुसेनाले तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ !
भारतीय वायुसेनाले चीन र पाकिस्तानको सीमामा तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ वायुसेनाले आफ्नो 5-400 एयर डिफेन्स मिसाइल स्क्वाड्रनमध्ये तीन चीन र पाकिस्तानको सिमानामा सञ्चालन गरिसकेकाले, बाँकी दुई स्क्वाड्रनको अन्तिम डेलिभरी तालिकाबारे छलफल गर्न भारतीय र रुसी अधिकारीहरू चाँडै भेट्ने तयारीमा छन्। भारतले रुसी पक्षसँग 2018-19 मा 5-400 वटा क्षेप्यास्त्रका पाँच स्क्वाड्रनका लागि रु…
भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार चरण स्थगित, पुनर्निर्माणमा सरकारको जोड
सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति,…
दसैँ यात्रामा महिलालाई क्याबिन सिटमा रोक
काठमाडौँ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँको बेलामा महिलालाई चालकको छेउमा राखेको क्याबिन सिटको टिकट नदिन यातायात व्यवसायीलाई आग्रह गरेको छ। महिलालाई चालकको पछाडिको सिटमा बस्ने व्यवस्था गर्न भनिएको हो। महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार चालकको छेउमा महिला बस्दा चालकको ध्यान भङ्ग हुन सक्ने गुनासो आएको छ। यसले गर्दा लामो दुरीको यात्रामा दुर्घटना हुन सक्ने…
गलौँदीमा सडक भासिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा बन्द
शुक्रबार साँझ धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडकको ठूलो भाग भासिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड दुवैतर्फ ठप्प भएको छ। सडकको बीच भागमै ठूला चिरा परेका कारण साना–ठूला सवारीसाधन र मोटरसाइकलसमेत चल्न सकेका छैनन्। दशैँको मुखमा मुख्य राजमार्ग नै बन्द हुँदा हजारौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्। गल्छी नजिकै ग्यास बुलेट पल्टिएका कारण मर्मत टोली आउन पनि ढिलाइ…
दसैँ नजिकिँदा पनि हटेन ग्यासको समस्या, उपभोक्ता अझै मारमा
काठमाडौं | दसैँ नजिकिँदै छ, तर अझै पनी खाना पकाउने ग्यासको समस्या समाधान हुन सकेको छैन। चाडपर्व नजिकिए संगै आफन्तसँग जमघट हुने, घरमा विभिन्न प्रकारका परिकार बनाउने र खाने भएका हुनाले ग्यासको माग पनि बढ्नेनै भयो तर माग अनुसार ग्यास नपाएका हुनाले उपभोक्ताले सास्ती खेप्नु परेको छ। ग्यासकै लागि उपभोक्ताले धेरै ठाउँमा लाइन बस्नु पर्ने…
