Nepal-India Home Minister-level Meeting: Agreement to Strengthen Disaster Management and Security Cooperation

काठमाडौँ | नयाँ दिल्लीमा नेपाल र भारतका गृहमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन नयाँ दिल्ली पुग्नुभएका नेपालका माननीय गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच महत्वपूर्ण भेटवार्ता भएको हो।

माननीय गृहमन्त्री सुधन गुरुङले हालैका बाढी र पहिरोपछि नेपाललाई भारतले गरेको समयमै सहयोगका लागि धन्यवाद व्यक्त गरे र दुवै देशको पारस्परिक हितका लागि व्यावहारिक सहकार्यको आवश्यकतामा जोड दिए।

साथै, जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माण र संयुक्त कार्यदल गठन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

Nepal-India Home Minister-level Meeting: Agreement to Strengthen Disaster Management and Security Cooperation

माननीय गृहमन्त्री सुधन गुरुङले आतङ्कवाद, लागु औषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सुरक्षित सूचना आदानप्रदान, प्रभावकारी समन्वय र संयुक्त प्रतिकार्यमा जोड दिए। 

साथै, नेपाली उद्योगी तथा व्यवसायीहरूले भारतीय बजारमा पहुँचका सम्बन्धमा भोग्दै आएका प्राविधिक समस्या, विशेषगरी बीआईएस प्रमाणीकरण लगायतका विषयमा गृहमन्त्री गुरुङले उठाउनुभएको चासोप्रति भारतीय समकक्षीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।

सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा जनस्तरको सम्बन्ध तथा व्यवहारिक सहयोगलाई अझ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरियो। दुवै देशबिच आपसी समन्वय र सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *