काठमाडौँ, २ कात्तिक : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएको छ ।जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठ छातीमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको उहाँको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उहाँको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ । श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा जानुभएको थियो ।
Similar Posts
कान्तिपुर मिडिया ग्रुपका अध्यक्षको गिरफ्तारी: गृहमन्त्री लामिछानेको अनुरोध अस्वीकार गर्दा भएको दाबी
काठमाडौं: कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको समाचार लुकाइदिनका लागि गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको दाबी गरेका छन्। सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले गरेको आग्रह नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक…
गोठाटार हत्या आरोपित गुड्डु पटेल प्रहरी इन्काउन्टरमा घाइते, काठमाडौंबाट पक्राउ
काठमाडौं १८ फागुन, काठमाडौंको टोखा नगरपालिका वडा १ स्थित झोरमा ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले गोली हानी आज पक्राउ गरेको छ। प्रहरीले गुड्डु पटेल काठमाडौंको झोर, टोखामा लुकेर बसेको सुराकि पाएका थिए। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भाग्ने प्रयास गर्दा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो। हरिवन–२, सर्लाहीका लाल मोहम्मदको…
वृत्तचित्र “गलकोट: अ ल्याण्ड विथ हिडन ग्लोरी” को प्रिमियर सफलतापूर्वक सम्पन्न
बाग्लुङ गलकोटको मध्यभाग हटियामा रहेको होटल गलकोट स्क्वायरमा आज बहुप्रतिक्षित डकुमेन्ट्री फिल्म ‘गलकोट – अ ल्यान्ड विथ हिडन ग्लोरी’ को प्रिमियर सम्पन्न भएको छ । आकाश युएसबी थापाले निर्देशन गरेको चलचित्रमा गलकोटको इतिहास, समसामयिक घटनाक्रम, कला, संस्कृति, खेलकुद, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीको समृद्ध टेपेस्ट्री समेटिएको छ । केशवविक्रम सिंहले मनमोहक कथा लेखेका छन् भने…
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त
काठमाडौँ, ३ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन्। यसअघि डा सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको…
गल्कोटमा बिघुत अबरुद्ध !
सोमबार राती अचानक गलकोट नगरपालिका वडा नं ६, जामुनडाडामा ठूलो रुख भाचिएर ३३ के. भि. लाईनमा परि बिधुत अबरुद्ध भएको हुनाले गल्कोट न. पा., ताराखोला गा.पा., बडिगाड गा.पा., ढोरपाटन न.पा., मा अहिले बिधुत सन्चालनमा समस्या आई परेको छ ! प्राबिधिक टोलिहरु उक्त क्षेत्रमा खटिईसकेकाले लाइन केही समय पछि सुचारु हुने छ ! About The Author…
शान्ति स्थापनामा नेपालको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
काठमाडौँ, १३ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति…
