Pashupati Sharma elected as the chairman of the Lok Dohori Pratisthan

लोकदोहोरी गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

महोत्तरीको बर्दिबासमा भएको प्रतिष्ठानको नवौँ महाधिवेशनबाट शर्मा अध्यक्षमा चयन भएका हुन्। अध्यक्ष पदमा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

पशुपति शर्मा नेपाली लोकदोहोरी सङ्गीत क्षेत्रमा चर्चित गायक तथा सर्जक हुन्। उनले थुप्रै लोकप्रिय लोकदोहोरी गीत गाएका छन्। उनका गीतले नेपाली लोकसङ्गीतलाई दर्शक तथा स्रोतामाझ लोकप्रिय बनाउन योगदान पुर्‍याएका छन्।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *