Gas problem persists even as Dashain approaches, consumers still suffer

काठमाडौं | दसैँ नजिकिँदै छ, तर अझै पनी खाना पकाउने ग्यासको समस्या समाधान हुन सकेको छैन। चाडपर्व नजिकिए संगै आफन्तसँग जमघट हुने, घरमा विभिन्न प्रकारका परिकार बनाउने र खाने भएका हुनाले ग्यासको माग पनि बढ्नेनै भयो तर माग अनुसार ग्यास नपाएका हुनाले उपभोक्ताले सास्ती खेप्नु परेको छ।

ग्यासकै लागि उपभोक्ताले धेरै ठाउँमा लाइन बस्नु पर्ने अवस्था अझै टुङ्गिएको छैन। कतिपय उपभोक्ताले अझै पनि लाइन बसेर कुर्दाकुर्दै पनि आफूले ग्यास नपाएको  अवस्था रहेको छ। चाडपर्वको समयमा अत्यावश्यक वस्तु सहज रूपमा नपाउँदा उपभोक्ता निराश बनेका छन्।विशेष गरी दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्न उपभोक्ताहरू बढी प्रभावित बनेका छन्। 

नेपाल आयल निगमले दसैँ अघि ग्यासको समस्या हटाउने बताएको छ। अहिले काठमाडौंमा दैनिक करिब ३० हजार सिलिन्डर ग्यास आइरहेको छ। तर दैनिक ३५ देखि ४० हजार सिलिन्डर ग्यास चाहिने भएकाले ग्यास कम भइरहेको छ।

दसैँको समयमा ग्यासको माग अझ बढ्ने भएकाले समस्या थपिन सक्ने चिन्ता उपभोक्तामा छ। त्यसैले चाडपर्वलाई ध्यानमा राख्दै ग्यासको आपूर्ति सहज र नियमित बनाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिन्छ।

समयमै आपूर्ति व्यवस्थापन गर्न सके उपभोक्ताले सहज रूपमा ग्यास पाउनुका साथै ढुक्क भएर दसैँको तयारी गर्न सक्नेछन्।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *