The Ancestral Dhyangro Resounds in Lukum

परम्परा, प्रथा र संस्कृति जुन कुरा हराउँदै गइरहेका छ, जसमध्ये एउटा हो झाँक्री प्रथा। 

एउटा यस्तो सभ्यता जुन सभ्यता हजारौँ वर्षदेखि चल्दै आएको प्रथालाई जोगाउँदै आएको छ। खाम मगर समुदायको यो बस्ती हजारौँ वर्ष पहिले देखीनै लुगुम गाउँमा बसोबास गर्दै आएको पाईन्छ जहाँ हजारौँ वर्ष पुरानो इतिहास लुकेको बीनोद भिजुअल्स ले तयार पारेको वृत्तचित्रमा हेर्न सकिन्छ।  

पूर्वी रुकुम जिल्लाको सुन्दर पहाडी भूभागमा अवस्थित लुगुम गाउँ प्राकृतिक शान्त वातावरण, स्थानीय संस्कृतिको मिठास र गाउँले जीवनको सरलताले विशेष बनेको छ। समुद्री सतहबाट करिब २,००० देखि २,५०० मिटरको उचाइमा फैलिएको यो गाउँ हरियाली डाँडाकाँडा, घना जङ्गल, स्वच्छ हावा र मनोरम दृश्यले भरिपूर्ण रहेको पाईन्छ।

Lugum Village
तस्बिर: बीनोद भिजुअल्स

मानव सभ्यताको सबैभन्दा पुरानो आध्यात्मिक परम्परा वा प्रथा झाँक्रीहरू विशेष तरिकाको विधि, मन्त्र, नृत्य तथा ढ्याङ्ग्रोको प्रयोग गरेर देवता र आत्माहरूको संसारमा पुग्ने गर्छन। त्यही यात्रामार्फत उनीहरू रोग वा अन्य समस्याको आध्यात्मिक कारण खोज्ने वा उपचारको उपाय पत्ता लगाउने विश्वास गर्छन। 

यो परम्परा साउनको पहिलो हप्ता सोमबार वा मंगलबार पारीन्छ, किनकी यी बारहरुमा अपरिचित शक्ति ‘झ्याँ’ निस्किन्छ भन्ने मानीन्छ। ‘झ्याँ’ निस्कीदा सिस्नु लिएर हिँड्दा ‘झ्याँ’ ले असर नगर्ने विश्वास गरिन्छ।सिस्नु लिएर नाच्दै गर्दा अन्जानमा कसैलाई पोल्यो भने पनी झर्को नमान्ने प्रचलन रहेको छ।अझै भन्नु पर्दा सिस्नुले एक अर्कालाई पोल्ने चलन रहेछ।एक आर्कालाई सिस्नुले पोल्दा रिसाउन भने नपाईने रैछ। 

स्थानीय जनविश्वासअनुसार, धेरै वर्ष पहिले लुगुम गाउँमा अशुभ शक्ति तथा रोगव्याधिको डर फैलिएको थियो। त्यसबेला शक्तिशाली झाँक्री भैरम नाम गरेका व्यक्तिले आफ्नो साधना र शक्तिबाट ती अशुभ तथा नकारात्मक शक्तिलाई पराजित गरी गाउँमा शान्ति स्थापना गरेको भन्ने पाईन्छ। उही घटनाको सम्झनामा आजसम्म झाँक्री मेला मनाउने परम्परा जीवित नै रहेको छ।

मठ, मन्दिर, चर्च वा कुनै पनि धर्मग्रन्थको अस्तित्व हुनुभन्दा धेरै पहिले मानिसहरू प्रकृतिमै जीवनको मार्गदर्शन खोज्ने गर्दथे।एसीयामानै शमन भनेर चिनिने आध्यात्मिक झाँक्रीहरूले तपस्या, ध्यान, ढ्याङ्ग्रोको ताल, मन्त्र तथा नृत्यमार्फत आत्माहरूसँग सम्बन्ध स्थापना गर्ने विश्वास गर्थे।

झाँक्रीहरुको वास्तविक उत्पत्ति कहिले र कहाँ भयो भन्ने कुरा आजसम्म पनि निश्चित रूपमा इतिहास को पानामा लेखिएको छैन तर धेरै अनुसन्धानकर्ता अनुसार झाँक्री प्रथाको इतिहास करिब २० हजार वर्ष वा त्यसभन्दा पनि पुरानो हुन सक्ने अनुमान लगाइएको छ। यही कारण झाँक्री प्रथालाई मानव सभ्यताका सबैभन्दा पुरानो तथा आजसम्म पनि जीवित नै रहेको आध्यात्मिक परम्पराहरु मध्ये एक मानिन्छ।

झाँक्रीहरू ढ्याङ्ग्रोको तालमा मन्त्र उच्चारण गर्ने क्रममा स्थानीय बासिन्दाहरू एकअर्कालाई सिस्नु पोल्ने अथवा हातमा सिस्नु लिएर रमाइलो गर्दा यो प्रथा अझै अविश्वासनीय बन्न पुग्छ। 

Jhakri Lukum
तस्बिर: बीनोद भिजुअल्स

धामीझाँक्री तथा विभिन्न समुदायमा फरक–फरक नामले चिनिने परम्परागत झाँक्रीहरू आज पनि देशका धेरै ठाउँमा आफ्ना धार्मिक अनुष्ठान गर्दै पुर्खाबाट प्राप्त भएको ज्ञान, विश्वास र सांस्कृतिक परम्परालाई निरन्तर जोगाइरहेका छन्।

ढ्याङ्ग्रोको प्रत्येक तालमा इतिहास बोल्छ, प्रत्येक मन्त्रमा पुर्खाहरूको सम्झना लुकेको हुन्छ, प्रत्येक नृत्यले एउटा कथा सुनाउँछ, जुन कथा पुस्ता देखि पुस्तौँसम्म हस्तान्तरण हुँदै आएको छ। यो मेला केवल धार्मिक कार्यक्रम मात्र नभएर हाम्रा पुर्खाहरूको मौलिक संस्कृति, परम्परा र पहिचानको जीवित दस्तावेज हो।

नेपालका धेरै भूभागमा झाँक्री बन्ने प्रथा लोप हुँदै गएको पाइन्छ। समय बदलिँदै जाँदा धेरै परम्पराहरू हराउँदै गएता पनी लुगुम गाउँको झाँक्री मेला आज पनि उस्तै गरी जीवित हुदै आएको देख्न सकिन्छ। जबसम्म लुगुम गाउँमा ढ्याङ्ग्रोको आवाज गुञ्जिरहन्छ, तबसम्म यहाँका पुर्खाहरूको कथा पनि जीवित नै रहनेछ।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *