काठमाडौँ | नेपाली चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सर्वजनिक भयेको १८ घण्टामै १.७ पटक हेरिएको छ।
पल शाह, विपना थापा, मलिका महत, आकाश श्रेष्ठ र साइग्रेस पोखरेल लगायत कलाकारहरूको अभिनय रहेको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ यसको चर्चा सुरु भएको छ।
चलचित्रको ट्रेलरमा आमा र सन्तानबिचको माया, पारिवारिक सम्बन्ध तथा भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ। चलचित्रमा दिवङ्गत प्रदीप रावत पनि देखिएका छन्।
दसैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र असोज ३० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ।
