आउदै गरेको दशैको अवसरमा लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको रित्तो भकारी म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गितमा गायक तथा सर्जक विष्णु खत्री र गायिका लक्ष्मी खडकाको आवाज रहेको छ। दशैँ गीतका पर्याय बन्नुभएका लोकगायक विष्णु खत्रीले आफ्नो सत्रौँ दशैँ गित हो।
उहाँले भरिया दाईले बिसाउने भारी गित पछी दुई दशकमा पुन: वरिष्ठ कलाकार सुरविर पण्डित र विद्या कार्कीसंग सहकार्य गर्नुभएको हो। सुनको जलप, दशै तिहार संगै मनाउला, दशै तिहार आउँदा, जहाजको टिकट, माया अपार, रिनै रिनको लगायत थुप्रै दशैका गीतहरूले हरेक नेपालीहरुको मनमुटुमा बस्न सफल रहेका छन। यसपालिको गीत पनि अहिलेको परिस्थिति अनुसार हाम्रो जनजीवन संग मेल खाने बनेको छ।
कसैलाई दशैं हर्ष, उभंङ्ग, उत्साह, खुशी र ओठमा हासोँ लिएर आउँछ भने कसैलाई दशैं दुख, पीडा, मर्म, रोदन र गहभरी आँसु लिएर आउँछ। हिन्दुहरुको महान चाड बडादशैं टीका जमरा थाप्दै, मान्यजनहरुको आशिर्वाद ग्रहण गर्दै हर्षा उलासका साथ मनाउने चलन छ तर केही बर्ष यता यो चाडमा पनि बिकृती देखा पर्दै आईरहेको छ जस अन्तर्गत यो चाड धनीमानीहरुले निकै तामझाम, देखावटी र खर्चालु तरिकाले मनाउने चलन स्थापित हुँदै आएको छ। यस्तै चाडपर्वको अवसर पारेर केही कालाबजारीहरुले उपभोग्य बस्तुहरु को भाउ बढाउने गरेका छन। यो परिस्थितिमा दुखी, गरिब,असहाय, उत्पिडित, सिमान्तकृत बर्गलाई दशैं दशा आए जत्तिकै हुन्छ। आर्थिक अभाव, मिठो खान र राम्रो लगाउन नसक्ने अबस्था, पर पाहुना उम्काउन नसक्ने अबस्था, साहुको ऋण तिर्न नसक्ने अबस्थामा धेरै नेपालीहरु गुज्रिरहेका छन। यिनै गरिबहरुको कथा बेथामा समर्पित “रित्तो भकारी” गीतमा धन बहादुरको दैनिकी स्पष्ट देखाईएको छ।
यस म्युजिक भिडियोमा एक धन बहादुर पात्र रहेका छन । धन बहादुर माथीको अन्याय, अत्याचार, शोषण, दमन र पिडाका दर्दहरु सहन नसकी साहुको ऋण तिर्न बुढेशकालमा परदेशिएको दृश्यले नेपालीको यथार्थ कथा चित्रण गरेको छ जस्ले हाम्रो देशको काल, परिस्थिति, राजनितीका साथै घरदेश देखि परदेश सम्मको कथा बोलेको छ।
उहाँले बिजया दशमीको उपलक्ष्यमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नु भएको छ।