Gas problem persists even as Dashain approaches, consumers still suffer

काठमाडौँ | काठमाडौँ उपत्यकामा ग्यासको अभाव कम गर्न आजदेखि ६ ठाउँमा ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्ने व्यवस्था गरिएको छ। यो व्यवस्था असोज २५ गतेदेखि ३१ गतेसम्म एक हप्ताका लागि सञ्चालन हुनेछ।

ग्यास वितरण बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म हुनेछ। उपभोक्ताले तोकिएको स्थानमा गएर ग्यास किन्न तथा आफ्नो सिलिन्डर अर्को ब्रान्डको सिलिन्डरसँग साट्न सक्नेछन्।

बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट पनि सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *