Galkot Volleyball Players Going Pyuthan

प्युठानमा आयोजना हुने खुल्ला पालिका स्तरीय प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोट नगरपालिकाको टोली प्युठान जाने भएको छ ।
प्युठानको माण्डवी गाउँपालिकामा यहि मंसिर १४ र १५ गते सञ्चालन हुने पालिकास्तरीय प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोट नगरपालिकाको टिम प्युठान जाने भएको हो ।
गलकोट नगरपालिकाको टोलीमा टिम व्यवस्थापक दिपक गौतम, टिम कोच सन्जय खत्री, टिम क्याप्टेन कुस्मन थापा र खेलाडिहरुमा ईन्द्र विक, दिपक मल्ल ठकुरी, सन्तोष विक, अशोक सुनार, गणेश विक, अफ्सोस शाही ठकुरी, प्रज्वल राना र लिब्रोमा समिर विक रहनुभएको छ ।
उक्त प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले नगद रु १ लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय हुनेले नगद रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाईएको छ । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट खेलाडीलाई जनही नगद रु ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको जनाईएको छ ।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *