कथा
अचेल छाेराछाेरीसँग गफ गर्न नसकिने भाे ! बिहानी डुलाइमा निस्केका विनाेदले भने । किन र विनाेदजी के पर्याे त्यस्तो ? विवेकले साेधे।
हेर्नु न प्रविधिले के-के सिकायाे के-के ! उनीहरूकाे हात-हातै संसारका सूचनाहरू । आफूले भने मेलाे-मेसाे नपाइने ।
हाे नि चलाई खेलाई गर्छन् उनीहरू । हामीले जानिंदैन। अष्टावक्रले गर्भमै पुराण सुनेझैं उनीहरू सामाजिक सञ्जाल थाहा पाएर आउँछन् । फेरि प्रविधिबाट अलग राख्न पनि भएन ।
अलिकति हाँस्दै -हाेरहेछ विवेकजी हिजाे साँझ सँगै बाहिर निस्केको बाबा तपाईंले कहाँ के बाेल्ने, कति बाेल्ने , कसरी अनुशासित रहने ? हेक्का राख्छन् सज्जन मान्छेले भन्नुहुन्छ नि भन्दै सामाजिक सञ्जालकाे तस्बिर देखायो । तस्बिरमा स्थापित स्रष्टाहरू रहेछन् ।
एक जना त खुट्टा खापेर बसेका , काेही तस्बिरका लागि अटाई नअटाई काेचिएका ! तस्बिरमा स्वमत पटक्कै नदेखिएको । म त अक्क नबक्क परेँ । सञ्जालमा राख्ने तस्बिरले त अलिकति भए पनि सभ्य भनिने मान्छेको शालीन परिचय दिए हुने नि ! मनमनै बरबरिएँ । छाेराले सल्लाह सम्झेकाे रहेछ भनेर मख्खिन खाेजेँ तर सकिनँ ।
तपाईंले ठिक भन्नू भाे विनाेदजी -हामी सिकाउन मात्र जान्ने । आफ्नो बाेली व्यवहारमा सन्तुलन चाहिन्छ भनेर वास्तै नगर्ने , सिक्ने र सिकेको विषय व्यवहारमा ल्याउनै नखाेज्ने !
हाे भन्या विवेकजी आदरणीय व्यक्तिसँग तस्बिर खिचाउँदा खुट्टा खाप्ने त अझ आफूलाई केकेन हुँ भन्ने स्रष्टा पाे रहेछन् । वास्तवमा बिगार्ने त केकेन हुँ भन्नेले नै हाेरहेछ नि त है ! यसमा पनि शङ्का गर्ने ठाउँ छ र ?
हैन तपाईंलाई अलिक बढी नै खड्केछ , काे रहेछन् ती महासय ? विवेकले नाम साेधे । भाे नाम नलिऊँ सञ्जालमा देखिहाल्नुहुन्छ नि ! य, अँ , ठिकै हाे , तिनैलाई नपच्ला फेरि !
हेर्नु न समाजले चिनेका मान्छे के बाेल्छन् , व्यवहार कस्तो गर्छन् सर्वसाधारणले पनि खुब ध्यान दिनेरहेछन् है विवेकजी ! हाे नि , सर्वसाधारणलाई चिनिएका मान्छेको व्यवहारले प्रभाव पार्छ, अझ केटाकेटीलाई त झन् गहिरो छाप छाेड्छ ।
ठिक भन्नुभाे विवेकजी-हाम्रा पूर्वजले मान्छेको लवाइ, खवाइ, हिँडाइ, बाेलाइले नै उसको व्यक्तित्व बताइरहेकाे हुन्छ अन्त खाेज्नुपर्दैन, त्यसै भनेका हाेइन रहेछन् हगि !