Prime Minister Shah's directive to the police: Do not compromise on ethics and integrity.

काठमाडौं, असोज २६ | प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा नैतिकता, निष्ठा र इमानदारितामा कुनै सम्झौता नगर्न निर्देशन दिनुभएको छ।

प्रहरी निरीक्षकको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले प्रहरी सङ्गठनप्रति जनताको विश्वास कायम राख्न अनुशासन, व्यावसायिकता र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

प्रधानमन्त्री शाहले कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी कानुनअनुसार निष्पक्ष रूपमा काम गर्न तथा नागरिकको सुरक्षा र सेवामा समर्पित हुन प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *