Tarakhola Society Japan's support campaign for post-disaster rehabilitation in Tarakhola Rural Municipality

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा पछिल्लो समय आएको विपद्का कारण ठूलो जनधनको क्षति भएपछि ताराखोला समाज जापानले राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ।

ताराखोला गाउँपालिकामा गएको विपद् बाट तीन जनाको दुःखद निधन भएको छ भने गाउँपालिकाका पाँचवटै वडामा सडक, विद्यालय, विद्युत्, सञ्चारलगायतका महत्वपूर्ण भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। विपद्का कारण स्थानीय बासिन्दाको दैनिक जनजीवनसमेत प्रभावित बनेको छ।

जन्मभूमि ताराखोलाप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद् बाट प्रभावित परिवार तथा क्षेत्रको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको ताराखोला समाज जापानले जनाएको छ।

ताराखोला समाज जापनले देश तथा विदेशमा रहेका सम्पूर्ण ताराखोलावासी, शुभेच्छुक, संघ–संस्था तथा सहयोगी महानुभावहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्न अपिल गरेको छ। संकलित रकम विपद्पीडितको राहत तथा प्रभावित क्षेत्रमा आवश्यक पुनःस्थापना कार्यमा उपयोग गरिने जनाइएको छ।

ताराखोला समाज जापनले विपद्को यस दुःखद घडीमा सबैको साथ, सहयोग र ऐक्यबद्धताले प्रभावित समुदायलाई राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

“विपद् राहत तथा पुनःस्थापनाका लागि सहयोग गरौँ, जन्मभूमिप्रतिको सामाजिक उत्तरदायित्व पूरा गरौँ” भन्ने भावनासहित ताराखोला समाज जापानले सहयोग अभियानलाई अघि बढाएको हो।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *