नवरात्रको सातौं दिन : आज फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडा दसैँको सातौं दिन । हिन्दु धर्मावलम्बीहरूले घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ ।आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ, जसलाई फूलपाती भित्र्याउने भनिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *