दसैँमा एटीएमबाटै नयाँ १०० रुपैयाँका नोट पाइने, राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ। केही बैंकले नयाँ प्रविधिका एटीएममार्फत नयाँ नोट वितरणसमेत सुरु गरिसकेका छन्। राष्ट्र बैंकका अनुसार असोज १ गतेदेखि थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूबाट सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ।…
