सरकारले आगामी वर्षदेखि गाँजाको व्यावसायिक उत्पादनको अनुमति दिने
काठमाण्डौ। सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यावसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ। अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन्। उनले आगामी आर्थिक वर्षभित्र औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाइने बताएका हुन्। नेपालमा लामो समयदेखि गाँजा खेतीलाई वैधानिक गरिनुपर्ने माग उठ्दै आएको छ। संयुक्त राष्ट्रसंघले समेत गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट…