साथी तिमी मेरो

साथी तिमी मेरो

साथी कस्तो हुनु पर्छ तिमीसँग सिकेँ मैले साथीमा हुनुपर्ने सबै गुण तिमीसँग पाएँ मैले तिम्रो साथले मेरो जीवन अर्थपूर्ण बनाएका छौ साँच्चै तिमी मेरो लागि विशेष छौ मेरा हरेक गुण अवगुण स्विकारेकी छौ मेरा हरेक राम्रा नराम्रा पक्षको साक्षी हुन पुगेकी छौ मेरा हरेक दुःखसुखमा साथी भएकी छौ मेरा कैयौँ अभावको साथी बनेकी छौ थाहा…

फागु संस्कृति र पर्व
|

फागु संस्कृति र पर्व

 (कविता छन्द:शार्दूलविक्रीडित) हर्षोल्लास हुँदै गयो धरणमा छायो बसन्ती पननौलो रङ्ग भरेर शोभित भयो सर्वत्र पाखा बनहाँसेको छ समस्त जीवन यहाँ भर्दै नयाँ रोगनफक्रे फूल सबै सुवासित बनी भर्दै नयाँ यौवन॥१ चारैतर्फ छ नाच गान रसले लालित्यले घेरियोचोला मानवको विशिष्ट रङले सौन्दर्यले बेरियोमैत्री भाव बढेर गो सकलमा वैरी पना केरियोराधामा रमणी युवा सह्रृदयी श्री कृष्णमै फेरियो॥२…

चर्चित लेखक सुविन भट्टराईसँग पुस्तक चर्चा: न्युरोड बुकस्टोरमा विशेष कार्यक्रम

चर्चित लेखक सुविन भट्टराईसँग पुस्तक चर्चा: न्युरोड बुकस्टोरमा विशेष कार्यक्रम

काठमाडौं – चर्चित लेखक सुविन भट्टराई फागुन १० गते न्युरोड बुकस्टोरमा हुने पुस्तक समीक्षात्मक कार्यक्रममा सहभागी हुने भएका छन्। उक्त कार्यक्रम दिउँसो ठीक २ बजे सुरु हुनेछ। सुविन भट्टराई नेपाली साहित्यमा युवामाझ अत्यन्त लोकप्रिय लेखक हुन्। उनका ‘कथाकी पात्र’, ‘समरलभ’, ‘साया’, ‘मनसुन’, र ‘इजोरिया’ जस्ता कृतिहरू चर्चित छन्। यस पटकको कार्यक्रममा उनका पुस्तकहरूमाथि समीक्षात्मक छलफल…

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ सार्वजनिक हुँदै

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ सार्वजनिक हुँदै

काठमाडौं। प्रथम महिला राधिका शाक्यको आत्मकथा “करुणा” को लोकार्पण समारोह आगामी फागुन १० गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आयोजना हुने भएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्। दिउँसो १२:३० बजे सुरु हुने सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, चर्चित साहित्यकार अमर न्यौपाने र प्रख्यात गायिका तथा समाजसेवी आनी छोइङ…

एउटा गीत लेखूँ

एउटा गीत लेखूँ

गीत यस्तो होस् कि गीतका हरेक शब्दभित्र हज्जारौं -हजार आकाशहरू अटाऊन् । थुप्रो सगरमाथा गाँसेरमात्र यसको गहिराईसम्म गोटा लाउन सकियोस् । पहरा शब्द-शब्दमा रसाओस् । ढुंगाले हर-हरफमा गुलाफ फुलाओस् । यस्तो कुमारी शब्द होस् – कसैले नलेखेको । यस्तो नव-शब्द होस् – कसैले नबोलेको । समग्रमा यस्तो मिठो गीत लेखूँ कि निष्ठुरीहरूले जिवनभरी ललिपप भनेर…

खोया -याम बुढा मगर
|

खोया -याम बुढा मगर

‘खोयाँ’ भनेर नाके-स्वरमा नाक बजाउने आदत छ  भने पनि ‘खोयाँ’ ‘खोया नै हो । र, सिधा-सिधा ‘खोया’ भन्नुहुन्छ भने पनि ‘खोया’ खोया नै रहन्छ; ‘दानामा’ वा ‘गेडामा’ बदलिन्न । यी र यस्ता गुजुल्टिएका सारा कुरा बुझ्न छोडेर एउटा बुझ्नै पर्ने कुरा यो बुझ्नुस् कि खोया हाम्रो राष्ट्रिय पहिचान हो । खोया हाम्रो पद्धति, प्रणाली, जीवनशैली…

।।मेरो बाबा।। 

।।मेरो बाबा।। 

न त रातले उहाँलाई पिरोल्यो न त कुनै दिनले। न त पैसाको मात लाग्यो न त हरायो ऋणले।। न त भोकले सतायो न त रोगले नै सारो गलायो। आफ्ना सन्तानका सुन्दर सपनाले सबै भुलायो।। मुश्किल समय एक्लै सहँदै आधा जिन्दगी टर्यो। रोएको कसैले नदेखुन् भनी आँसु आँखैमा सुक्यो।। हाम्रो खुसीको लागि पिरलाई मुस्कानले छिपाउनुभो। आफु…

सिकार: लघुकथा
|

सिकार: लघुकथा

अचेल साना मान्छे भेटिँदैनन् सडकाँ। जताततै ठुला मान्छेको भिड । कता गए सानाहरू ? जन्तवीकाे प्रश्नपछि सनमले आँखा डुलाए वरिपरि । मान्छेहरू सडकभरि काम गरिरहेका थिए । सामान ओसारपसार , खेतबारीमा तरकारी गाेडमेल, कति त सरसफाइमा व्यस्त । तिनैलाई देखाउँदै- ऊ देखिनौ ? काममा जाेतिँदै गरेका। ती सबै साना त हुन् । मन लगाएर सनमकाे…

शीर्षक: व्यक्तित्व
|

शीर्षक: व्यक्तित्व

कथा  अचेल छाेराछाेरीसँग गफ गर्न नसकिने भाे ! बिहानी डुलाइमा निस्केका विनाेदले भने । किन र विनाेदजी के पर्‍याे त्यस्तो ? विवेकले साेधे।  हेर्नु न प्रविधिले के-के सिकायाे के-के ! उनीहरूकाे हात-हातै संसारका सूचनाहरू । आफूले भने मेलाे-मेसाे नपाइने । हाे नि चलाई खेलाई गर्छन् उनीहरू । हामीले जानिंदैन। अष्टावक्रले गर्भमै पुराण सुनेझैं उनीहरू सामाजिक…

रहेन त्यो उज्यालो मैन्टोलको – केशवबिक्रम सिंह

रहेन त्यो उज्यालो मैन्टोलको – केशवबिक्रम सिंह

दियो, पाला, टुकी, पानस र लाल्टिन पछि को जिबासेष इन्धनलाई प्रकाश ऊर्जा मा रूपान्तरण गर्ने तत्कालिन समयको एक अत्याधुनिक उपकरण मैन्टोल यानेकी पेट्रोमेक्स र यसको प्रयोग तत्कालिन समाजको एक प्रतिबिम्ब हो। लालटिन/ मैन्टोल सँस्कृतिले नेपालको आधुनिक इतिहाँस को एक महत्वपूर्ण कालखण्डको प्रतिबिम्बित गर्दछ।वर्तमानमा नेपालको धेरै गाउँ- बस्तीमा विद्युतको विकास, बृद्धि र विकास सँगै मट्टितेल जन्य…