काठमाडौं – चर्चित लेखक सुविन भट्टराई फागुन १० गते न्युरोड बुकस्टोरमा हुने पुस्तक समीक्षात्मक कार्यक्रममा सहभागी हुने भएका छन्। उक्त कार्यक्रम दिउँसो ठीक २ बजे सुरु हुनेछ।
सुविन भट्टराई नेपाली साहित्यमा युवामाझ अत्यन्त लोकप्रिय लेखक हुन्। उनका ‘कथाकी पात्र’, ‘समरलभ’, ‘साया’, ‘मनसुन’, र ‘इजोरिया’ जस्ता कृतिहरू चर्चित छन्। यस पटकको कार्यक्रममा उनका पुस्तकहरूमाथि समीक्षात्मक छलफल गरिनेछ।
कार्यक्रम न्यू रोड बुकस्टोर र माया पब्लिकेशनको सहकार्यमा आयोजना गरिएको हो। आयोजकका अनुसार, पुस्तक प्रेमीहरूले सुविन भट्टराईसँग प्रत्यक्ष भेटघाट गर्ने र उनको लेखन यात्राबारे जान्ने अवसर पाउनेछन्।
कार्यक्रम विवरण:
मिति: २०८१ फागुन १० गते
समय: दिउँसो २:०० बजे
स्थान: न्यू रोड बुकस्टोर, काठमाडौं
सम्पर्क: ९८४१६२४६९६
पुस्तक प्रेमीहरूका लागि सुविन भट्टराईसँग साक्षात्कार गर्ने यो सुनौलो अवसर हुने पुस्तक व्यवसायी राजेश गजुरेलले जानकारी दिनुभयो।